Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अध्यक्ष ओलीको आक्रोशः गम्भीर अवस्थामा गम्भीर विषय मात्र उठाउनुहोला


अध्यक्ष ओलीको आक्रोशः गम्भीर अवस्थामा  गम्भीर विषय मात्र उठाउनुहोला

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीको विषयमा आफूलाई जोडिएकोमा आक्रोश पोखेका छन् ।

रोपाईं दिवसको कार्यक्रममा सहभागी हुन चितवन पुगेका अध्यक्ष ओलीले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताउँदै गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय मात्र उठाउनुहोला भनी आग्रह गरेका छन् ।

जलहरीको विषयमा आक्रोशित देखिएका उनले भने, ‘ मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन् ? जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।’

सो कार्यक्रममा अध्यक्ष ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वभाविकै भएको स्पष्ट पारेका छन् । उनले भने ‘जलहरीको विषयमा आफैं छानबिन गर्नुस् न । मसित किन प्रश्न सोध्नुहुन्छ ?’ यस विषयमा हल्लाका पछाडि नलाग्न उनको आग्रह छ ।