Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दुग्ध उद्योग स्थापना भएपछि बजार व्यावस्थापनमा सहज


दुग्ध उद्योग स्थापना भएपछि बजार व्यावस्थापनमा सहज

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । दुध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् ।

उद्योगमा दैनिक ४ हजार २ सय लिटर दुध सङ्कलन भएको छ । दैनिक २ हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले बताएको छ । उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, माग अनुसार घ्यू १ सय लिटर दही, २ सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुध प्रशोधन उद्योगका प्रमुखले बताएका छन् ।