Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माछापुच्छ्रे बैंकले बैंकिङ ल्यायो अफलाइन ‘टप एण्ड पे’ सेवा सञ्चालनमा


माछापुच्छ्रे बैंकले बैंकिङ ल्यायो अफलाइन ‘टप एण्ड पे’  सेवा सञ्चालनमा

काठमाडौं,श्रावण २८ । माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रमा पहिलो पटक इएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन टप एण्ड पे सेवा सुरू गरेको छ। बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र सिटिटेक प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो।

टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ। जसमा ग्राहकहरूको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकको भनाइ छ। बैंकले उक्त सेवा सुरू गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरूबाट पिओएसद्वारा कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबिएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन। बैंकले टोकनाइजलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरूमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ। बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडि बढीरहेको बैंकले विशेष गरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरू आफ्ना ग्राहकहरू माझ सञ्चालन गर्दै आएको बताए।