काठमाडौं । चालू आर्थिक वर्ष २०७९,८० को बैशाख मसान्तसम्म आईपुग्दा १० महिनामा करिव ११ अर्ब रुपैयाँ बराबरको जीवन बीमा पोलेसीमा सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आवको १० महिनामा ८२ हजार ६४८ वटा बीमा पोलेसी सरेन्डर भएको छ ।
विशेषगरि अर्ब ९८ करोड ४२ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलेसी सरेन्डर भएको हो । बीमा गरेको न्यूनतम ३ बर्ष पछि मात्रै पोलेसी बन्द गर्न पाइन्छ । पहिला बीमा गरेको २ बर्षसम्म बीमालेख सरेन्डर गर्न नपाउने व्यवस्था थियो । बीमालेख सरेन्डर बढ्दै गएपछि र विकृति समेत बढेपछि गत आर्थिक बर्षदेखि त्यसको न्यूनतम सिमा ३ बर्ष पुर्याइएको बीमा प्राधिकरणले बताएको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार औसतमा मासिक १ अर्ब रुपैयाँको बराबरको पोलेसी सरेन्डर हुने गरेको छ । यो संख्यामा भने ८ हजार २६४ बीमितले मासिक पोलेसी सरेन्डर गरेको तथ्याङ्कले पुष्टि गर्दछ । पछिल्लो समय बजार महंगी बढ्दा आम मासिनको क्रय ९खरिद० शक्ति घटेको छ । त्यो अवस्थामा कतिपय मानिसहरुले बीमालेख नविरकण गर्न सकेका छैनन् ।
साथै, आफ्नो आर्थिक संकट समाधान गर्न बीमालेख सरेन्डर गरेर पैसा लिने गरेको एक बीमा कम्पनीका उच्च अधिकारीले बताए ।चालु आवको १० महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माघ महिनामा सरेडन्डर भएको देखिएको छ। माघ महिनामा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ बीमितले पोलेसी सरेन्डर भएको थियो ।
१० महिनाकै कम सरेन्डर भने असोज महिनामा भएको छ । सो महिनामा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । असोजमा ६ हजार ६३ बीमितले सो रकम बराबरको बीमा पोलेसी सरेन्डर गरेका थिए । चालू आवको पहिलो महिनामा भने ८ हजार ४२२ बीमितले १ अर्ब १५ करोड २७ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको थियो ।
यस्तै, भदौमा ८ हजार ५२ बीमितद्वारा १ अर्ब १ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलेसी त्याग गरेका थिए । यस्तै, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा पोलिसी सरेन्डर भएको छ । यसैगरि मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा पोलिसी सरेन्डर भएको छ ।
पुसमा पुनस् १ अर्ब भन्दा कम अर्थात् ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख सरेन्डर भएको छ । गत फागुन महिना भने १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर रहेको छ । फागुनमा ८ हजार ९३९ बीमितले पोलेसी सरेन्डर गरेका हुन् । यता, गत चैत महिनामा मात्रै १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ बीमितले पोलेसी सरेन्डर गरेको छ ।