Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चट्याङ लागेर ४५ भेडा मर्दा ११ लाख बराबरको क्षति


चट्याङ लागेर ४५ भेडा मर्दा ११ लाख बराबरको क्षति

म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मर्दा ११ लाख बराबरको क्षति भएको छ । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।