Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बढ्यो पुँजी परिचालन, ऋणपत्रको हिस्सा सबैभन्दा बढी

पुँजी परिचालन ९३.३ प्रतिशतले वृद्धि


बढ्यो पुँजी परिचालन, ऋणपत्रको हिस्सा सबैभन्दा बढी

काठमाण्डौ । प्राथमिक बजारमार्फत चालु आर्थिक वर्षमा पुँजी परिचालन बढेको छ ।
नेपाल सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पुँजी परिचालन ९३.३ प्रतिशतले वृद्धि देखाएको हो ।


सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोड रुपैयाँबराबरको पुँजी परिचालन भएको छ ।
जुन गत आर्थिक वर्षकोे तुलनामा ९३.३ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा साधारण सेयरको प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड रुपैयाँ पुँजी परिचालन भएको थियो ।


समीक्षा अवधिमा साधारण सेयरको प्राथमिक निष्कासनमार्फत ५ अर्ब ७६ करोड रुपैयाँ, हकप्रद सेयर निष्कासनमार्फत ९५ करोड रुपैयाँ, ऋणपत्रमार्फत २७ अर्ब रुपैयाँ र म्युचुअल फन्डमार्फत ७ अर्ब ७५ करोड रुपैयाँ पुँजी परिचालन भएको छ ।


चालु आर्थिक वर्षको फागुसम्म कुल पुँजी परिचालनमा ऋणपत्रको अंश करिब ६५ प्रतिशत रहेको छ । यसले पछिल्लो समय ऋणपत्र निष्कासनमार्फत पुँजी संकलन बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।