Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्राधिकरण भारतमा बिजुली बिक्रीको ग्राफ बढाउँदै, नेपालका उद्योगी समस्यामा


प्राधिकरण भारतमा बिजुली बिक्रीको ग्राफ बढाउँदै, नेपालका उद्योगी समस्यामा

काठमाडौं,१८ असार । पछिल्लो समय विद्युत कटौतिका कारण उद्योगहरु समस्यामा परेका छन् । वर्षायाम लागेर बिजुली उत्पादन बढ्न थाले पनि उद्योगहरुले पूर्ण रुपमा बिजुली प्राप्त नगरेको गुनासो गरेका हुन । तराई क्षेत्रमा सञ्चालित उद्योगमा पर्याप्त बिजुली नपाएको र ट्रिपिङको समस्या निकै बढेको उद्योगीहरुको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली बिक्रीको ग्राफ बढाउँदै लगेपनि घरायसी उद्योगहरुमा भने ट्रिपिङ तथा कटौतीको समस्या परेको छ । वर्षायाम सुरु भएसँगै प्राधिकरणले नेपालमा बिजुली खपत नभएको भन्दै भारत बिक्री गरिरहेको छ । राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ ।

हाल उत्पादन भने करिब २२ सय मेगावाट पुगेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले दैनिक ३५० देखि ४०० मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् ।