Thursday, June 05, 2025

२०८२ जेष्ठ २३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भोजपुर नगरसभाबाट बजेट विनियोजन


भोजपुर नगरसभाबाट बजेट विनियोजन

काठमाडौं । भोजपुर नगरपालिकाले आव २०८०,०८१ को आठौँ नगरसभाबाट नीति तथा कार्यक्रमसहित बजेट विनियोजन गरेको छ। भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण, सुशासन एंव न्याय सम्पादन लगायत विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पास गरेको हो।

नगरले संघको ५५ करोड १७ लाख, प्रदेशको तीन करोड ९४ लाख र स्थानीय तहको चार करोड गरेर कुल ६३ करोड १० लाख १६ हजार ६ सय रुपैयाँ बराबरको बजेट पास गरेको हो। यस आर्थिक वर्षमा नगरले स्वस्थ्य घर, स्वस्थ्य नगर अभियान सञ्चालन गरी नगरको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा विशेष चासो राखेको छ।

देशव्यापी रुपमा स्थानीय तहले आर्थिक वर्ष २०८०,०८१ को नीति तथा कार्यक्रम सहितको बजेट असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्ने र असार महिनामै पास गर्नुपर्ने व्यवस्था गरिएको छ