Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वेस्ट इन्डिजद्धारा ३४० रनको लक्ष्य प्रस्तुत


वेस्ट इन्डिजद्धारा ३४० रनको लक्ष्य प्रस्तुत

काठमाडौं,७ असार । नेपाललाई विश्वकप छनोटमा बिहीबार वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको छ । जिम्बावेस्थित हरारेको हरारे स्पोर्टस क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले ३४० रनको लक्ष्य दिएको हो ।

नेपालको तर्फबाट ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए भने करण केसी‚ गुल्शन झा‚ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ११ विकेट लिए । खेलको सुरुआतमा राम्रो प्रदर्शनी गरे पनि वेस्ट इन्डिजका कप्तान साइ होप र निकोलास पुरानले क्रमशः १३२ र ११५ रन बनाएर नेपालमाथि दबाब सिर्जना गरेका थिए । नेपालले ५ वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो केवल दोस्रो खेल हो । यसै प्रतियोगितामा नेपालले जिम्बावेसँग खेलेको थियो । वेस्ट इन्डिजले १९७५ र १९७९ को पहिलो दुई संस्करणको विश्वकप जितेको थियो ।

अमेरिकाविरुद्ध खेलेको पछिल्लो खेलबाट नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । रोहितसहित नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन् । वेस्ट इन्डिजको टोलीमा पनि कुनै परिवर्तन छैन । साइ होपको कप्तानीमा रहेको वेस्ट इन्डिजबाट ब्रेन्डन किंग, केयल मायर्स, जोहनसन चार्ल्स, निकोलस पुरन, रोस्टन चेज, रोभमन पोवेल, जेसन होल्डर, किमो पाउल, अल्जारी जोसेफ, अकिल होसेन खेलिरहेका छन् ।

वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ४९।३ ओभरमा २ सय ९७ रनमा अलआउट भएको थियो । नेपाल पहिलो खेलमा २ सय ९० रनमा अलआउट भए पनि घरेलु टोली जिम्बावेसँग ४५ ओभरभित्र ८ विकेटले पराजित भएको थियो । त्यसपछिको खेलमा अमेरिकालाई २ सय ७ रनमा अलआउट गर्दै नेपालले ६ विकेटको विजय हात पारेको थियो ।