काठमाडौं । मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका—४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो। स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ। ३१ वटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।
मुस्ताङको कागबेनी बजार बाढीका कारण प्रभावित, ३१ घर बगायो