काठमाडौं । सङ्घीय संसद्, राष्ट्रिय सभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।
सोमबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक २०८० साल साउन २४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको हो ।
राष्ट्रियसभाको बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरे । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे । शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरियो ।