Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

महानगरले छात्रवृत्तिका लागि विद्यार्थीको परीक्षा लिने


महानगरले छात्रवृत्तिका लागि विद्यार्थीको परीक्षा  लिने

२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको परीक्षा लिने भएको छ ।
महानगरपालिका अन्तर्गत शिक्षा विभागले आज सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र रहेको संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको हो ।

‘शैक्षिक सत्र २०८०–८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८० असार २८ गते बिहान १० बजेदेखि मिति २०८० साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेभसाइटमार्फत् अनलाइन आवेदन फाराम पेश गर्न आह्वान गरिएको छ’, जारी सूचनामा उल्लेख छ ।

आजदेखि आगामी साउन १२ गते राति १२ बजेसम्म आवेदन खुलाईएको विभागले जानकारी दिएको छ भने विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक संकायका विद्यार्थीले फाराम भर्न सक्नेछन् ।
परीक्षा आगामी साउन २० गते बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।