Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शैक्षिक मेलामा विद्यार्थीहरुको उपस्थिती बढ्यो


शैक्षिक मेलामा विद्यार्थीहरुको उपस्थिती बढ्यो

भृकुटीमण्डपमा जारी प्रदर्शनी हलमा विद्यार्थीहरुको उपस्थिति बढेको छ । शुक्रबार देखि पुनः सुरु भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थीहरुको उपस्थिती बढेको हो । काठमाडौं महानगरपालिकाले यसअघि मेला राकेको थियो ।

एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । निःशुल्क प्रवेश रहेको मेलामा नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने छ । जेठ ३२ गते सुरु भएको मेला एसइई र कक्षा १२ को नतिजा प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो।

पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिएको हो । असार १० गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाको स्टल रहेका छन् ।