Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फोन पे र नमस्ते पेुबीच क्युआर भुक्तानी सम्झौतामा


फोन पे र नमस्ते पेुबीच क्युआर भुक्तानी सम्झौतामा

काठमाडौं । फोन पे र नमस्ते पेुबीच क्युआर भुक्तानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा फोन पे र नमस्ते पेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

उक्त सम्झौतासँगै अब सबै नमस्ते पे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोन पे मर्चेन्टहरूमा फोन पे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्युआर भुक्तानी गर्न सक्ने कम्पनीले बताएका छन्।कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने फोन पेको नेटवर्कमा नमस्ते पेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। अब नमस्ते पे प्रयोगकर्ताहरूले फोन पे क्युआरमार्फत पनि भुक्तानी गर्न सक्छन्।

उनले नमस्ते पेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको बताएको छ। 

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोग कर्ताहरूलाई १२ लाखभन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ।हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरू प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सधै प्रयासरत छौँ।

यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्छ उनले थपे।