Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ धितोपत्र ब्रोकरलाई सञ्चालन गर्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्डले १८ वटा नयाँ धितोपत्र ब्रोकरलाई सञ्चालन गर्ने अनुमति प्रदान गरेको छ । पुँजी बजारको नियामक निकाय पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा ११ वटा ब्रोकरलाई गरी १८ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरिएको बोर्डले बताएको छ ।

यसअघि आशयपत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेकामध्ये दुई चरणमा गरेर १८ वटालाई ब्रोकर कारोबार सञ्चालन गर्ने अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले बताएको छ । यी ब्रोकर सञ्चालनमा आइसकेपछि नेपालमा ब्रोकर संख्या ६८ पुग्ने हो । बोर्डले नयाँ लाइसेन्सका लागि आह्वान गरेको सूचनामा ४५ वटा आवेदन परेका थिए ।

तीमध्ये एउटा आवेदन आवेदनकर्ता आफैंले फिर्ता लिएको र बाँकी दुई वटाको कागजात नपुगेको बोर्डले बताएको छ । बाँकी रहेका ४२ वटा ब्रोकर आवेदनलाई बोर्डले आशयपत्र दिएको हो ।