Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशको आर्थिक विकासकालागि प्रकृतिको संरक्षण महत्वपुर्णः उपराष्ट्रपति यादव


देशको आर्थिक विकासकालागि प्रकृतिको संरक्षण महत्वपुर्णः उपराष्ट्रपति यादव

काठमाडौं, २ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अहिलेको आर्थिक तरलता अन्त्य र देशले चाहेको आर्थिक समृद्धिको विषयलाई प्राकृतिक संरचनालाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले देखिएको आर्थिक तरलताको अत्यकालागि प्राकृतिक संरचनाको उचित व्यवस्थापन हुन नसकेको बताए ।

उनले यसकालागि  जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको उपराष्ट्रपति रामसहायप्रसाद यादवले बताएका छन् । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयले नवौं चुरे संरक्षण दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोतीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

चुरे क्षेत्रको संरक्षण अपरिहार्य छ । तराई र पहाडको जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलित बनाउन हामी यस्को संरक्षणमा लागेका हौं,’ उनले भने । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने नारासहित असार २ गते चुरे संरक्षण दिवस मनाइँदै आएको छ ।

यो वर्ष पूर्वी नवलपरासीको कावासोती–६ स्थित विष्णु नगर सामुदायिक वनको १० हेक्टर क्षेत्रफल क्षेत्रफलमा १० हजार विरुवा रोपिँदै छ । सोही कार्यक्रममा चुरे संरक्षणको नाममा बस्ती भन्दा अग्लो खोलाको सतह भएको र खेतीयोग्य जमीन कटान बढेको भन्दै गुरुयोजना बनाएर व्यवस्थापन गर्नुपर्नेमा जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले उपराष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।