Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटकोः गृह मन्त्रालय


राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटकोः गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताए ।

उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए । आन्दोलनकारीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते भएको जानकारीसमेत मन्त्रालयले दिएको छ ।