काठमाडौं, श्रावण २९ । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा हुने छानबिनमा आफ्नो सहयोग रहने बताएका छन् । युरोपको भ्रमणको छोट्याएर सोमबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा प्रकरणमा आफूले गल्ती नगरेको दाबी गरे ।
बिराएको छैन भ्रष्टचार गरेको छैन, नेपालले भने, बदमासीमा भएको विषयमा छानबिन होस् । उनले आफूले बालुवाटार मास्टर प्लान असल मनसायले अघि बढाएको बताए । मैले नितान्त असल मनासयले अघि बढाएको हो । नेपाल सरकारको जग्गामा नेपाल सरकार हुने गरेको हो, नेपालले भने, स्रेस्ता कायम गर्न भनेर राम्रो गरेको हो ।
सरकारी जग्गा र अन्य जग्गा छुट्टाएर गर्ने, सट्टा गरिने भएको हो । नेपालले त्यसमा नाम नक्कली मोही कसरी पर्यो त्यस विषयमा छानविन हुनुपर्ने बताएका छन् । जोजो यसमा संलग्न त्यसलाई कारबाही हुनुपर्छ । मेरो यस्तो कुरामा संलग्नता छ त्यो पनि देखाउनु पर्छ । यो जग्गा जटिल र अफ्ठ्यारो झमेलावाला हो भन्ने त्यस समयमा थाहा थिएन, नेपालले भने ।
समस्या देखेपछि त्यसबाट भाग्ने प्रवृत्ति आफ्नो नभएको भन्दै नेपालले बताए । कसैकसैले माधवकुमार नेपाल भागे भनेर लेखे, माधवकुमार नेपाल भाग्ने मानिस होइन, उनले भने ,गोली चल्दा पनि नभाग्ने मानिस हो। आफ्नो बारेमा प्रश्न उठेपछि युरोप भ्रमण छोट्याएर आफू स्वदेश फर्किएको उनले बताए ।