Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन प्रधानमन्त्री दाहाललाई जनमतको ज्ञापनपत्र


सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन प्रधानमन्त्री दाहाललाई जनमतको ज्ञापनपत्र

काठमाडौं । जनमत पार्टीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । शनिबार बिहान जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान नेतृत्वको टोलीले मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी राहत दिनुपर्ने, विरगञ्जसहितका सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नु पर्न, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नु पर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने माग उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तराई मधेसमा खानेपानीमा देखिएको समस्याको बारेमा आफू जानकार रहेको र खानेपानी तथा सिँचाइको विकल्पको बारेमा सरकारले गृहकार्य गरिरहेको बताए । ट्याङ्करबाट भएपनि जनतालाई खानेपानीको व्यवस्था गरिने र खानेपानीको अभावले भएको बिरामीको उपचारको व्यवस्था गरिने प्रधानमन्त्रीले बताएका छन् ।