काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका दिन सेयर बजारले २२ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ६३.२४ अंक बढेर २२२७ अंकमा कायम भएको छ ।
परिसूचक नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दिनभर कुल ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार ३ अर्ब ५ करोडको कारोबार भएको थियो ।
कुल १९९ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो भने एउटाको स्थिर रहृयो । बैंकिङ ६५, विकास बैंक १९५, फाइनान्स ३३, होटल तथा पर्यटन १७७, जलविद्युत् ४०, जीवन बीमा १२५, उत्पादन ९२, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १५८, अन्य २२ र ब्यापार उपसमूह १२१ अंक बढे ।
किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिबर्टी इनर्जी र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।