काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उठाएको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघ नेपालले सरकारसमक्ष आग्रह गरेको छ ।
विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराएको हो ।
उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको परिसंघले जनाएको छ ।
परिसंघद्वारा विज्ञप्तिमा कुल गार्हस्थ उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान रहेको उल्लेख छ । निर्माण व्यवसायीहरुका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत बन्नसमेत परिसंघले आग्रह गरेको छ ।