काठमाडौं । नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका क, ख , ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ५१ अर्ब ९२ करोड प्रदेशमा कर्जा लगानी गर्ने भएको छ । पोखरा शाखाले दिएको तथ्यांक अनुसार चालूआर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांकमा उक्त कर्जा लगानी भएको उल्लेख गरिएको छ ।
गण्डकी प्रदेशमा क, ख र ग वर्गका बैङ्कहरूको चैत मसान्तसम्म कुल निक्षेप चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ खर्ब ३९ अर्ब ७ करोड रहेको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयकी प्रधान सहायक तारा पोखरेलले बताइन्। प्रदेशमा क वर्गका बैंकका शाखा ५ सय ९९, ख वर्गका बैंकका शाखा १ सय ९०, ग वर्गका बैंकका शाखा ३६ र घ वर्गका वित्तीय संस्थाको सङ्ख्या ५ सय ९९ रहेका छन् ।
गण्डकी प्रदेशमा निर्माणको क्षेत्रमा उक्त बैङ्कहरूले आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ अर्ब ३९ करोड लगानी भएको राष्ट्र बैंकले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालू आर्थिक बर्ष २०७९,८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ ।