एजेन्सी । भारत–पाकिस्तान युद्धविरामपछि आज भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन् । जम्मु–कश्मीरको पहलगाममा आतंककारीले २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच बढेको तनावबीच मे ७ मा भारतले आफ्ना ३२ वटा विमानस्थल बन्द गरेको थियो ।
ती विमानस्थलहरू मे १५ को बिहान ५ः२९ बजेसम्म अस्थायी रूपमा बन्द भनिएको थियो । तर, दुवै देशबीच युद्धविराम सम्झौता भएसँगै भारतीय विमानस्थल प्राधिकरणले विमानस्थल खोलेको हो । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थल खुला गरिएको जनाएको छ ।
उसले यात्रुहरूलाई ती विमानस्थलहरूमा उठानका लागि सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन आग्रह गरेको छ । इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको जनाएको छ ।