काठमाडौं,श्रावण १४ । आर्थिक वर्ष २०८०,८१ को लागि नेपाल धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले गत वर्ष गरेका र आउने दिनमा गर्ने कार्यक्रम आइतबार सार्वजनिक गरेको हो। बोर्डले आर्थिक वर्ष २०८०,८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको हो।
विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने बताएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालू वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने कार्यक्रम राखेको छ।
हरित वण्ड लगायत नवीन वित्तीय औजार निष्कासनको लागि नियम कानुन बनाउने उल्लेख छ। सेटलमेण्ट ग्यारेन्टी फण्ड देखि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने कार्यक्रमले यस पटक पनि निरन्तरता पाएका छन् ।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    