काठमाडौं, श्रावण २९ । अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महत निरन्तर लागेका छन्। मन्त्री डा. महतको एकमात्र अर्जुनदृष्टि भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउनु हो । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातेमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन मन्त्री डा. महत युद्धस्तरमा लाए छ । पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजी क्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गरिराख्नु भएको छ ।
राजश्व सङ्कलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन मन्त्री डा. महत निरन्तर लागिरहनु भएको छ । देशदौडाहामा निस्किएर राजस्व र भन्सार कार्यालयहरू निरीक्षण अनुगमन गर्दा राजस्व सङ्कलनमा देखिएका समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन दिइरएको छन् । आइतबार मात्रै निजी क्षेत्रका तीनवटा सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैङ्कका गभर्नर र नेपाल बैंकर्स सङ्घसँग छलफलमा मन्त्री डा. महत जुट्नु भयो ।
मन्त्री डा. महतले आज (सोमबार) वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई अर्थ मन्त्रालयमा छलफलका बोलाएर समग्र बैङ्किङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए । अर्थतन्त्र चलायमान बनाउन बैङ्किङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैङ्क र सरकारले के सहयोग गर्नुपर्ने हो भनी सीइओहरुलाई जिज्ञासा देखाए । आइतबार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिनुहुँदै मन्त्री महतले कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताए ।
मन्त्री डा. महतले यसपटकको बजेटमा युवाहरूलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठुलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरूले देशमै स्वरोजगार बन्न आग्रह गरे । गत शुक्रबार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी) बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गरे। अनुदान रकम बढाउन, जलवायु परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरूसँग मन्त्री डा. महत निरन्तर छलफलमा ।