Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको लगानीकर्ताको आरोप


सेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको लगानीकर्ताको  आरोप

काठमाडौं, श्रावण ९ । राष्ट्र बैंकले सेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको लगानीकर्ता आरोप छ। राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पूँजीबजार विकासको लागि राम्रो नभएको लगानीकर्ताहरुले बताएका छन्।

नेपाली पूँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नुपर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको उनीहरुको आरोप छ। नेपाल पूजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम भएको बताइन्।

सबै साइजका कर्जाको जोखिम भार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई प्यानिक बनाएको पोखरेलको भनाइ छ। लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पूँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने उनले उल्लेख गरिन्।त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचेजस्तो नआएको बताए।

दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पूँजीबजार धरासायी बनाएको उल्लेख गर्दै उनले शेयर कर्जा संकुचन गर्न ४,१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पूँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको बताए।

शेयर विश्लेषक नवराज घिमिरे नेपाल राष्ट्र बैंकका महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पूँजीबजारमैत्री मौद्रिक नीति आउन नसक्ने बताए। गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पूँजीबजारमैत्री नीतिहरु आउन नसकेको आरोप लगाउँदै उनले अधिकारीको कार्यकाल सकिएपछि मात्रै नेपाली पूँजीबजारले छलाङ मार्ने बताए।