Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धानको न्यूनतम मूल्यमा वृद्धि, किसानलाई राहत


धानको न्यूनतम मूल्यमा वृद्धि, किसानलाई राहत

२८ असार, काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ ।
गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो ।

तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनतम सर्मथन मूल्य तोक्ने कार्यको थालनी भएको थियो ।
अहिले धान रोपाइँ चलिरहेकै बेला तोकिएको धानको न्यूनतम मूल्यले किसानलाई केही राहत मिल्ने भएको छ ।