काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थितमा सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन् । अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूसँग विवाद बढेको हो ।
वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा एक पक्ष स्थानीय छन् भने । अर्को पक्षका सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरूबीच नै विवाद भएको काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय भवन बनाउन त्यहाँ डोजर लगाएको हो ।
स्थानीयले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर नहुने भनाइ राख्यका छन् । वडा कार्यालयबाहेकका अन्य कुनैपनि संरचना बनाए स्थानी समर्थन नहुने बताएका छन् ।