Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । सोमबार प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, मंगलबार एक तोला चाँदी एक हजार नौ सय ७० रुपैयाँमा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।