Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट घोषणले अर्थतन्त्रको आवस्था चिन्नेः पूर्व अर्थमन्त्री पौडेल


बजेट घोषणले अर्थतन्त्रको आवस्था चिन्नेः पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्रको वतर्मान यथार्थ अवस्था बजेटले चिन्न नसकेको बताएका छन्। प्रतिनिधिसभामा बजेट माथिको छलफल कार्यक्रममा उनले वर्तमान यथार्थ बजेटले स्वीकार नभएको  बताएका हुन्।

उनले भने यो बजेटले अर्थतन्त्रका समस्या चिन्न सकेको छैन र समाधानका उपाय खोज्न पनि सकेको छैन। विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ। अर्थतन्त्रका चुनौती र सम्भावना पहिचान गर्न नसकेका कारण समधानका उपाय खोज्न सकेको छैन।

रोजगारीका अवसरमा कमी हुँदै गएको, आकासिदो मूल्यवृद्धि र मन्दीको मारमा परेको अर्थतन्त्रका विषयमासमेत बजेट बोल्न नसकेको उनले बताएका छन् । वर्तमान संकटको सामाना गर्ने संकल्प छ, न पुनर्जीवन दिने प्रयत्न गरिएको छ। पौडेलले भने। सरकारले अर्थतन्त्रमा लागेको डढेलो छोप्ने प्रयत्न गरेको उनको आरोप छ।

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भन्दै भ्रम छर्ने कोशिस भएको उनको भनाइ छ। सरकारको आम्दानी र खर्च गर्ने क्षमतामा यो बजेटले प्रश्न उठाएको छ।