Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वुमन्स डे कप टी–२०ः नेपाली टोली तेस्रो स्थानका लागि हङकङसँग खेल्दै


वुमन्स डे कप टी–२०ः नेपाली टोली तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

एजेन्सी । युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो ।

नेपालले अस्ति शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो ।

नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका लागि खेल्न लागेको हो । खेल दिउँसो पौने १ बजे शुरु हुनेछ । आजै घरेलु टोली युगान्डा र नामिबियाले फाइनल खेल्दैछन् । लिग चरणमा आयोजक युगान्डाले छ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।