Sunday, June 15, 2025

२०८२ असार १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री सिंहसहित तीन जनाको मृत्यु


सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री सिंहसहित तीन जनाको मृत्यु

काठमाडौ । बझाङमा आज अपरान्ह भएको सवारी दुर्घटनामा सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वी बहादुर सिंहसहित तीन जनाको मृत्यु भएको छ। मन्त्री सिंहको उपचारका क्रममा बा“केको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको प्रहरीले बताएको छ ।

अन्य दुई जनाको भने स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यू भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्रीका पिएसओ सहायक प्रहरी हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । उनिहरुको अवस्था समेत गम्भिर रहेको अस्पतालले बताएको छ ।

 सुदूरपश्चिम सरकारका मन्त्री सिंहसहित ५ जना सवार जीप डडेलधुराबाट चैनपुर आउने क्रममा अपरान्ह दुई बजेतिर केदारस्यु“ गाउ“पालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल खोला किनारमाखसेको थियो ।