Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनआईसी एसिया बैंकको मुनाफा ४ अर्ब ६५ करोड


एनआईसी एसिया बैंकको मुनाफा ४ अर्ब ६५ करोड

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार कम्पनीको ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ९.६० प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उत्त, नाफा १४.४५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा रिजर्भ कोष ४६.०४ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ, चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ, खराब कर्जा ०.८ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ रहेको छ ।