Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम पहिलो स्थानमा


सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम पहिलो स्थानमा

काठमाण्डौं । नेपाल सरकारको सञ्चित कोषमा सबैभन्दा धेरै योगदान गर्ने सार्वजनिक संस्थाको सूचीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) पहिलो स्थानमा रहेको छ ।


आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० रिपोर्टका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै आयकरमा योगदान पु¥याएको अर्थ मन्त्रालयले जनाएको छ ।


रिपोर्टका अनुसार नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ आयकर योगदान गरेको छ । सो आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गरेको कुल १४ अर्ब ३८ करोड १८ लाख आयकरमा नेपाल टेलिकमको योगदान देखिएको हो ।


नेपाल टेलिकमपछि धेरै आयकर दाखिला गर्नेमा नेपाल विद्युत प्राधिकरण रहेको छ । सो अवधिमा प्राधिकरणले १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ तिरेको थियो ।