Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डोनाल्ड लू काठमाडौंमा, भेटवार्ता अर्थपुर्ण हुने


डोनाल्ड लू काठमाडौंमा, भेटवार्ता अर्थपुर्ण हुने

काठमाडौं, २९ असार । नेपालको अर्थत्नत्रमा देखिएको तरलताका बीच अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आउनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ ।

तर भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री र लूबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुनेछ ।

सहायक विदेशमन्त्री लु दक्षिण तथा मध्य एसिया मामिलामा दख्खल राख्ने अमेरिकी कूटनीतिज्ञमध्येमा पर्छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त भएका हुन् । त्यसअघि लु दुई मुलुकमा राजदूत भइसकेका छन् । उनी किर्गिस्तान र अल्बानियामा राजदूत भइसकेका हुन् ।

साथै, उनलाई दक्षिण एसिया क्षेत्रबारे राम्रो ज्ञानसमेत रहेको छ । ३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरिसकेका लु नयाँदिल्लीस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरिसकेको अनुभव छ । दिल्लीमा उनले उपनियोग प्रमुखको रुपमा समेत काम गरिसकेका छन् ।

उनी मध्यएसिया तथा दक्षिण एसिया काकेस मामिला कार्यालयका उपनिर्देशकसमेत रहिसकेका छन् । यसअघि सहायक विदेशमन्त्री लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए । २०७९ असार ६ गते भ्रमणको सिलसिलामा अमेरिकी विदेश मन्त्रीद्वारा वार्षिक रुपमा प्रदान गरिने अवार्ड फर कर्पोरेस एक्सिलेन्स नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए ।

२०७८ को मंसिरमा नेपाल आएका लुले त्यस बेला नेपाली शीर्ष नेताहरुसँग एमसीसी सम्झौतालाई संसद्‌बाट अनुमोदन गराउने सम्बन्धमा कूटनीतिक र राजनीतिक भेटवार्ता गरेका थिए ।