काठमाडौं । सरकारले विद्युत्को आन्तरिक खपत बढाउन नसकेको प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्टले बताएका छन् । एमाले सचिवसमेत रहेका सांसद विष्टले नेपालमा नै विद्युत्को आन्तरिक खपतको अवस्था कमजोर रहेको बताएका छन् । विद्युत्को आन्तरिक खपत बढाउनुपर्ने हो । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले त्यस्तो सहमति गरेको भए जानकारी हुनुपर्ने बताएका छन् ।
विद्युत्को आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको विष्टको भनाइ थियो । तर आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । आज पनि १ सय १३ वर्ष लामो विद्युत् उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत् प्रयोग गर्न पाएका छैन्न । अहिले पनि हजारौँ, लाखौँ घर अध्याँरोमा बसिरहेका छन्, उनले भने, विद्युतीय सवारीसाधन, इन्डक्सन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन ।
सन् २०२१ को तथ्यांकअनुसार ६० प्रतिशत फ्युलमा आधारित परम्परागत र २७ प्रतिशत, डिजेल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ र विद्युत्को प्रयोग ४.२ प्रतिशतमात्रै छ । ऊर्जा खपतको हिसाबले यो प्रकारको अवस्था छ । विद्युत् खेर जाने भयो भनेर विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यो प्रकारको कहालीलाग्दो अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।