काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै साउन २६ र २७ गते कक्षा १० को पूरक परीक्षाको मिति तय गरेको हो ।
बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था छ । अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ ।
गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते बिहिबार सार्वजनिक गरिएको थियो ।