Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजार २११७ अंक टेकेर ओर्लियो लाग्यो


सेयर बजार २११७ अंक टेकेर ओर्लियो लाग्यो

काठमाडौं । नेप्से परिसूचक २०९१ अंक रहेको परिसूचक नेप्से ५० मिनेटमै २६ अंक बढेर २११७ अंक पुगेको छ । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्म आउँदा अघिल्लो दिनको तुलनामा २६ अंक नै घटेर २०६४ अंकमा झरेको छ । यस दिन कुल ४ अर्ब ११ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । सोमबार ४ अर्ब ७४ करोडको कारोबार भएको थियो । यसमध्ये २८ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने २ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ ०.८, विकास बैंक ५९, फाइनान्स ६७, होटल तथा पर्यटन ४८, जलविद्युत् ६५, जीवन बीमा ३१३, माइक्रोफाइनान्स ८३, निर्जीवन बीमा २६१ र अन्य उपसमूह ३७ अंक घटे । उत्पादन ९, ब्यापार ०.२ र लगानी उपसमूह ०.५ अंक बढे । सिटी होटल, बीपीडब्लू लघुवित्त र इङवा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको १० तथा माहुली लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा निफ्रा, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईजीआई प्रुडेन्सियल र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।