Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नयाँ व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने सुझाव


नयाँ व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने सुझाव

काठमाडौं, २१ असार । लघु, घरेलु तथा साना उद्योग महासंघले नयाँ व्यवसायीलाई बढीमा २ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको छ।

केही दिनअघि काठमाडौंमा आयोजित मौद्रिक नीति सम्बन्धी एक कार्यक्रममा महासंघले यस्तो माग गरेको हो। विगतमा कर्जा नलिएकालाई यसरी कर्जा दिनुपर्ने महासंघको भनाइ छ। बैंकहरूले यस्तो नयाँ कर्जा जारी गर्दा उद्योगको चुक्ता पूँजीको ७० प्रतिशतसम्म कर्जा दिनुपर्ने माग गरेका छन्।

महासंघले बैंकहरूको कुल कर्जा प्रवाहको २५ प्रतिशतभन्दा बढी अनिवार्य लघु, घरेलु तथा साना उद्योग क्षेत्रमा कर्जा दिनुपर्ने, लघु, घरेलु तथा साना उद्यमीहरूको मेशिनरीलगायत स्थिर पूँजीलाई पनि धितो मानी सहुलियतपूर्ण परियोजना कर्जा दिनुपर्ने सुझाव दिएको छ।

त्यस्तै, लघु घरेलु तथा साना उद्योगी पुनर्कर्जा, महिला उद्यमी पुनर्कर्जा तथा निर्यात पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरूले प्रभावकारी रुपमा कार्यान्वयन नगरेकोले कडाइका साथ लागु गर्ने र अनुगमनको व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका हुन्।