Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घरभाडा घटाउन व्यवसायको माग


घरभाडा घटाउन व्यवसायको माग

काठमाडौं । व्यवसाय टिकाउन गाह्रो भएको भन्दै रुपन्देहीका होटल व्यवसायीले घरधनीसँग घरभाडा घटाउन माग गरेका छन् । विगतको कोरोना महामारी कारण र अहिलेको आर्थिक मन्दीले गर्दा व्यवसाय खस्केको भन्दै घरभाडा पनि चर्को भएकाले व्यवसाकोे यो अवस्था आएको बताएका छन् ।

भाडादर २० देखि ४० प्रतिशत घरभाडा घटाउन व्यवसायको माग छ । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवलबाट प्रदेशको स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन नहुने जस्ता कारणले व्यवसाय ठप्प रहेको बताएका छन् ।

व्यवसायीलाई पलायन हुनबाट रोक्ने घरभाडा घटाउनपर्ने उनको भनाइ छ । रुपन्देहीमा रहेका १२ सय होटलमध्ये ९० प्रतिशत भाडाका घरमा सञ्चालनमा रहेको अनुमान छ । कैयौं व्यवसायी चर्को भाडा तिर्न नसकेर पलायन भए, लगानी डुबाएर घरधनीलाई होटल जिम्मा लगाएर रित्तै हिंडेको अध्यक्ष भण्डारीको भनाइ छ । घरभाडा सम्बन्धी निति नियम नभएकाले घरधनीले आफ्नो मनोमानी गरेका छन् ।