Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समाजवादी मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने


समाजवादी मोर्चाले बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले आज बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । यसअघि शुक्रवार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको थियो । बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने तयारी भएको छ ।

परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारीमा मोर्चाको छ ।

सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको नेताहरुले बताएका छन् ।