Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गठबन्धन सरकार भूमिसम्बन्धी अध्यादेश संसदमा पेस गर्न पछि हट्यो


गठबन्धन सरकार भूमिसम्बन्धी अध्यादेश संसदमा पेस गर्न पछि हट्यो

काठमाडौं । गठबन्धन सरकार भूमिसम्बन्धी अध्यादेश संसदमा पेस गर्न पछि हटेको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश प्रतिनिधिसभामा स्वीकृत गराउने तयारी रहेको बताएका छन् ।

सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए । भोलि प्रतिनिधिसभा बैठक बस्दै छ ।

आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषय कार्यसूचीमा राख्ने तयारी गरेको भएपनि सरकार पछि हटेको छ । जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने प्रस्ताव पेस गरिएको थियो । सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हटेन बाध्य भएको हो ।