Friday, January 10, 2025

२०८१ पुष २६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि ३ अर्ब डलर लगानी गर्ने


माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि ३ अर्ब डलर लगानी गर्ने

काठमाडौँ  । माइक्रोसफ्टले भारतमा एआई र क्लाउड पूर्वाधार निर्माणका लागि ३ अर्ब डलर लगानी गर्ने भएको छ । बैंगलुरुमा यो साता आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सत्य नडेलाले भारतको एआई पूर्वाधार मजबुत बनाउन र देशमा नवप्रवर्तनलाई प्रोत्साहन हुने गरी ३ अर्ब डलर लगानी गर्ने बताएका हुन् ।

भारतमा नयाँ डेटा सेन्टर निर्माण गर्नुका साथै माइक्रोसफ्टको कम्प्युटिङ क्षमतामा सुधार ल्याउन र अत्याधुनिक एआई प्रविधि विकासका लागि उक्त लगानी उपयोग गरिने माइक्रोसफ्टको योजना छ । द हिन्दुका कम्पनीले हालै मात्र जियोलगायत भारतीय कम्पनीहरूसँग साझेदारी पनि गरेको छ ।

विश्वव्यापी एआई प्रतिस्पर्धामा भारत महत्वपूर्ण रहेको नडेलाको ठहर छ । नडेलाले भारतलाई एआईको ‘पावरहाउस’ भनेका छन् । सन् २०२८ सम्ममा गिटहबमा भारतीय डेभलपरहरूको सबैभन्दा ठूलो समुदाय निर्माण हुने उनको दाबी छ । नडेलाले सन् २०३० सम्ममा माइक्रोसफ्टले भारतका १ करोड मानिसलाई एआई सिप सिकाउने प्रतिबद्धता पनि जाहेर गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा उनले एआईलाई पहिलो प्राथमिकता दिने भारतको पहललाई सघाउन माइक्रोसफ्ट प्रतिबद्ध रहेको जिकिर गरेका छन् । मोदीले नडेलासँग भेटेर आफूलाई खुशी लागेको र भारतमा माइक्रोसफ्टको महत्त्वाकांक्षी विस्तार र लगानी योजनाबारे थाहा पाउँदा थप हर्षित भएको एक्समा लेखेका छन् । ‘हाम्रो भेटघाटममा प्रविधि, नवप्रवर्तन र एआईका विभिन्न पक्षबारे छलफल गर्न पाउँदा रमाइलो अनुभव भयो,’ मोदीले लेखेका छन् ।