काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ को आयोजना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ आयोजना गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजे गर्दछन् ।
सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ । सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुने बताए ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाँया शर्माले बताए ।