Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

युएसएआइडीले महालेखापरीक्षकलाई सहयोग


युएसएआइडीले महालेखापरीक्षकलाई सहयोग

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग काउन्सेलर क्लिन्टन ह्वाइटले युएसएआइडी महालेखापरीक्षक सहयोग परियोजनाको घोषणा गरेका छन् । महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो महत्वपूर्ण साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्धन गर्नप्रति लक्षित रहेको बताएको छ । घोषणाका लागि शुक्रबार आयोजित कार्यक्रममा बोल्दै काउन्सेलर ह्वाइटले बताए ।

जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । यस सहकार्यले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्ने लक्ष्य लिएको छ । काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा छन् । भ्रमणका क्रममा उनले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।