काठमाडौं, १५ असार । राष्ट्रियसभामा आज विनियोजन विधेयक पेस हुदैछ । साढे २ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयक २०८० प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसअघि सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।
यसैगरी विधायन व्यवस्था समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षामन्त्री अशोक राईले पेश गर्ने छन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथि दफाबार छलफल हुने र सो विधेयक पारित गर्ने पनि कार्यसूची रहेको छ ।