काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले सगरमाथा नेपाली नाम भएको न्यारोबडी अल्फा किलो व्हिस्कीको हरेक दुई वर्षमा गर्नुपर्ने सीचेकका लागि हालै चाइना साउर्दन एयरलायन्स अन्तर्गतको मर्मसम्भार गर्ने एमआरओ कम्पनी (मेन्टीनेन्स, रिपेअर एण्ड ओभरहल)कम्पनी प्राधिकरणमा सूचीकृत नभएको जनाउँदै निगमलाई मंगलबार तीन दिने स्पष्टीकरण सोधिएको हो ।
प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी निकाय फ्लाइट सेफ्टी स्ट्यान्डर्डस विभागले निगमका नायब महाप्रबन्धक डोलेश्वर कोइरालालाई स्पष्टीकरण सोधिएको बताए । निगमले पुस २६ गते सीचेकका लागि न्यारोबडीलाई चीन पठाउन प्राधिकरणमा उडान अनुमति मागेको छ ।