Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते


धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते

धनुषा । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएको दुर्घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ । बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।