Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलको ब्रेक थ्रू आयोजना भोलि


नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलको  ब्रेक थ्रू आयोजना भोलि

काठमाडौं, श्रावण २१ । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलको सोमबार ब्रेक थ्रू गर्ने भएको छ। २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो। आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकी रहेको छ। सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ब्रेक थ्रू हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताएका छन्।

साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदै छ,’ जैसीले भने। २.५ किलोमिटर रहेको नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ।