Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उच्छृंखल गतिविधि गर्ने २४ जना काठमाडौं प्रहरीको नियन्त्रणमा


उच्छृंखल गतिविधि गर्ने २४ जना काठमाडौं प्रहरीको नियन्त्रणमा

काठमाडौं । होली मनाउने क्रममा उच्छृंखल गतिविधि गर्ने २४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार २ महिलासहित २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रहरीले आजै चारपांग्रे सवारी साधन ५ वटा, दुई पांग्रे १३८ वटा गरेर १ सय ४३ वटा सवारी साधनलाई प्रहरी नियन्त्रणमा लिएको थियो । त्यसमध्ये ९९ सय वटा दुईपांग्रे र ४ वटा चारपांग्रे सवारी साधन होल्डमै राखियो । बाँकी सवारी साधन भने छाडिएको छ । बाँकी रहेका सवारी साधनलाई पनि प्रक्रिया पुर्‍याएर साँझसम्म छाडिने बोहराले जानकारी दिए ।


मापसे र लापसे गरेर सवारी चलेका सवारी साधन, स्वरुप चेन्ज भएका, स्पिडमा चलाइएका सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै होलीको नाममा होहल्ला गर्दै उच्छृंखल गतिविधि गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक, जनपद , सादा पोसाक र अनुगमनसमेत गरेर २ हजार ७ सय ६ जना प्रहरी परिचालन भएका थिए । जसमा २ हजार ३५ जना जनपद प्रहरी र ६ सय ७१ ट्राफिक प्रहरी हुन् ।